×

वीरगन्ज ८ माघ । वीरगंज महानगर–१८ भवानीपुर उदयपुर घुर्मीको सौराहामा स्थित चारवटा उद्योगको आज संसदीय समितिको टोलीले अनुगमन गरेको छ ।

मासु उत्पादन र हाड कारखानाबाट दुर्गन्ध भएर सो टोल र आसपासको टोलको वातावरण दूषित भएको भन्दै परेको उजूरीको आधारमा आज उद्योग वाणिज्य वाणिज्य आपूर्ति श्रम उपभोक्ता संरक्ष्Fण समितिको उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ)को नेतृत्वमा ५ सदस्यीय टोलीले सो क्ष्Fेत्रको अनुगमन गरेको हो ।

वीरगंज महानगर–१८ मा रहेको वीरगंज बोन इन्डस्ट्रिज, मास प्लान्ट प्रालि, मध्यमाञ्चल बोन प्रालि र हिरो मिट्स सप्लायर्स गरी चारवटा उद्योगको कारण भवानीपुर, उदयपुर घुर्मी (सौराहा)को जनजीवन निकै कष्टकर बन्दै गएको भनेर वडाध्यक्ष ब्रह्मदेव राउत कुर्मीसमेतले वीरगंज महानगरपालिका र संसदीय समितिमा उजूरी दिएका थिए ।

सोही उजूरीको आधारमा आज संयोजक किसान श्रेष्ठसमेत पाँचजना सांसदको टोलीले स्थलगत अवलोकन गरेको हो । सो क्रममा संसदीय टोलीले स्थानीयहरूसँग राय, सुझाव लिएको थियो । स्थानीय प्रेमप्रसाद कुर्मीले २०७० सालदेखि उद्योगबाट पैmलिएको प्रदूषणले गाउँलेहरूलाई निकै मर्का पारेको र सो स्थानबाट उद्योग स्थानFन्तरण गर्न गाउँलेहरूले माग गरेको बताए ।

वडाध्यक्ष्F ब्रह्मदेवराउत कुर्मीले जनप्रतिनिधि नहुँदा टोलवासीले गरेको विरोधमा प्रहरी लगाएर दमन गरेको स्मरण गर्दै हालका दिनमा जनप्रतिनिधिहरूले गाउँलेहरूको हित रक्षार्थ कारखानाको विरोधमा उत्रेको बताए । उनले कारखानाबाट भएको प्रदूषणको अनुभूति गर्न संसदीय टोलीलाई आग्रह गरेका थिए ।

वडाध्यक्ष्F कुर्मिले नगरपालिका स्तरबाट छानबिन समिति बनेर प्रतिवेदन पनि बुझाएको बताए । उनले मासु, हाड कारखानाको कारण टोलमा स्याल, कुकुरको बिगबिगी भएको र चोरहरूले भैंसी चोरेर कारखानामा बिक्री गर्ने गरेको गुनासो गरे । अनुगमन टोलीसँगै वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्म भुसाल, प्रजिअ नारायणप्रसाद भट्टराई, प्रहरी उपरीक्ष्Fक रेवती ढकाल, पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष्F केसी लामिछाने, शाखा अध्यक्ष्F श्याम बन्जारालगायतको सहभागिता थियो ।

Back to top