×

वीरगंज, ७ माघ । वीरगन्जमा रहेको बालकल्याण सुधार केन्द्रबाट एक जना कैदी फरार भएका छन् । स्थानीय प्रहरी प्रशासनद्वारा गुपचुप राख्न खोजिएको यो घटना सार्वजनिक भएपछि अहिले छानबिन टोली गठन भएको बताइन्छ ।

बिर्ता स्थित बालकल्याण सुधार केन्द्रमा ज्यान मुद्दामा पूर्पक्षमा रहेका भारत बेतिया बस्ने नाबालक अरबिन्द कुमार शुक्रबार दिउँसो फरार भएका थिए । सुरक्षा व्यवस्था अत्यन्त कडा रहेको सो ठाउँबाट सो भारतीय कैदीलाई मिलीभगतमा भगाइएको चर्चा चल्न थालेको छ ।

Back to top