×

वीरगंज २० पुस । औद्योगिक प्रतिष्ठान शंकर गुरुपले वीरगंज औद्योगिक कोरिडोमार जगदम्बा एसएस पाइप उद्योग ४० करोड रुपैयाँको लगानीमा पूर्ण स्वचालित उद्योग स्थापना गरेको छ ।

उद्योगका संचालक राजेश अग्रवालले ४० करोड रुपैयाँको लगानीमा स्वचालित प्लान्टका कारण जगदम्बा एसएस र ब्लाय्क पाइपको उत्पादन प्रत्येक महिना १ हजार ७ सय मेट्रिक टन ब्ल्याक पाईप र ३ सय मेट्रिक टन एसएस पाईप् उत्पादन भईरहेको जानकारी गराए । सुरुमा उक्त उद्योगको उतपादन मासिक क्षमता १ हजार ७ सय मेट्रिक टन भए पनि हाल थप लगानी पश्चात उत्पादन २ हजार मेट्रिक टनमा सम्म पुगेको र भविष्यमा ३ हजार ५ सय मेट्रिक टन उत्पादन गर्ने योजना रहेको अग्रवालले भने । जपानी प्रविधीद्वारा उत्पादित अन्तराष्ट्रिय स्तरको नयाँ प्लान्टसँगै उत्पादन क्षमता समेत बढेको अग्रवालले बताए ।

जगदम्बा एसएस पाइप उद्योगले आधा इन्चदेखि ४ इन्चसम्मका गोलाकार, वर्गाकार र आयातकार पाइप उत्पादन गर्दैआएको अग्रवालले जानकारी दिए । उक्त यद्योगले घरेलु तथा औद्योगिक आवश्यकताका गुणस्तरी पाइप उत्पादन गरेको उद्योग व्यवस्थापनको दाबी छ । वीरगञ्ज औद्योगिक कोरिडोरमा पछिल्लो समयमा फलामजन्य उद्योगमा लगानी बढेको छ ।

Back to top