×

वीरगन्ज १७ पुस । प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले मुख्यमन्त्री तथा सचिवहरुको सवारीका लागि चारवटा गाडी खरिद गरेको छ । कार्यालयले मुख्यमन्त्री लालबाबु राउतको सवारीका लागि १ करोड ६२ लाख ५० हजार रुपैयाँ पर्ने टोयटा फर्चुन गाडी खरिद गरेको हो । उक्त गाडी काठमाडौंको आईटड ट्रेडर्स ईन्डिकेटबाट खरिद गरिएको छ ।

यस्तै सोहि ट्रेडर्सबाट कार्यालयका मुख्यसचिवका लागि टोयटा कम्पनीकै ६१ लाख ९० हजार रुपैयाँमा टोयटा रस कार किनेको जनाएको छ । यस्तै मुख्यमन्त्री कार्यालयकै दुई अन्य सचिवका लागि काठमाडौंको थापाथलीको पाइनियर मो. कर्पोरेशनबाट दुईवटा प्रिमियम मेड ईन ईण्डिया गाडी २ थान १ करोड ७ लाख ९० हजार रुपैयाँमा खरिद गरेको कार्यालयले जनाएको छ ।

चारवटा गाडी किन्ने आर्थिक वर्ष वि.स.२०७४।०७५ मै सम्झौता भएपनि गत असोज महिनामै चारवटै गाडी खरिद गरेर ल्याएको छ । कार्यालय अनुसार किनेका गाडीहरुको मूल्य भ्याट सहित रहेको छ ।

Back to top