×

वीरगञ्ज, ४ पुस, वीरगञ्ज भन्सार कार्यालय नाकाबाट आवतजावतमा पैदल हिड्नुपर्ने नियमबाट पछि हटेको छ । नियम लागू भएकै दिन यस्तो नियम भन्सारले फिर्ता लिएको हो ।

भन्सारले बुधबारदेखि नाकाबाट आवतजावत गर्नेलाई गाडीबाट ओर्लिएर पैदल हिड्न सूचना जारी गरेको थियो । भन्सारको कदमबाट आवागमनमा असहजता हुने भन्दै सघिय समाजवादी फोरम नेपालको महानगर समितिले बिरोध र चक्का जाम गरेका थिए ।

विरोधपछि भन्सार आफ्नो निर्णयबाट पछि हटेको प्रमुख भन्सार अधिकृत श्यामप्रसाद भण्डारीले बताए । हो । नाकाको अवागमन व्यवस्थित बनाउन खोजिएकोमा विरोध भएपछि नियम स्थगन गरिएको उनले बताए ।

भन्सारका अधिकृत कुमारप्रसाद घिमिरेले हस्ताक्षर गरेको सूचनामा वृद्धवृद्धा, असक्त र अपाङ्गबाहेकका सम्पूर्ण यात्रुले आआफ्नो सवारी साधनबाट उत्रिएर पैदल बाटो प्रयोग गर्न भनिएको थियो । सवारी साधनबाट ओर्लिर पैदल हिड्नका लागि लेनसमेत तयार गरिएको भन्सारले बतायो । आवतजावत गर्दा गाडीबाट ओर्लिएर पैदल हिड्नुपर्ने नियम लागू गरेपछि विरोधमा मुख्य नाकामा स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनमा स्थानीय राजनीतिकर्मीको पनि ऐक्यवद्धता थियो ।

सघिय समाजवादी फोरम नेपाल पर्साको महानगर समिति अध्यक्ष ईश्वर यादव, .घन्शयाम बाबू गुप्ता, उपाध्यक्ष प्रकाश शर्मा, शेख रुसतम, सचीव निरंजन पटेल सह, सचिव सद्दाम हुसैन, कोषाध्यक्ष सजन अग्रवाल, सदस्य कुन्दन पटेल, असरफ अलि, रमेश सहनी, नुराअलम अंसारी, शेख जलशुदिन युवा अध्यक्ष विद्यार्थी हरुको सभागिता रहेको थियो

Back to top