×

वीरगन्ज ५ कार्तीक । कतिपयलाई लाग्न सक्छ, आर्थिक नगरी वीरगञ्जको बसपार्क अत्याधुनिक होला । वर्षौदेखि वीरगञ्जमा बसपार्क बन्ने चर्चा छ तर बन्न सकेको छैन ।

आर्थिक नगरीको बसपार्कको अवस्था अस्तव्यस्त छ । जीर्ण सडक, अव्यवस्थित सवारी पार्किङ, घाम लाग्दा धुलो र पानी पर्दा हिलो यहाँको विशेषता नै बनेको छ ।

वीरगञ्ज बसपार्कमा एकपटक पुगेपछि अर्कोपटक आउन नपरोस भन्ने सोच्छन् । व्यवस्थित बसपार्क नहुँदा सवारी चालक, यातायात व्यवसायी र यातायात क्षेत्रमा काम गर्ने मजदुर श्रमिक मात्रै नभएर त्यस क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्नेहरु समेत मर्कामा छन् ।

स्थानीय जनप्रतिनीधि आएपछि पनि बसपार्कको अवस्थामा सुधार नआउनु दुःखद भएको यातायात व्यवसायीहरुको भनाइ छ । वीरगञ्जमा निर्माणाधीन सुविधा सम्पन्न अत्याधुनिक बस टर्मिनलको काम सम्पन्न भएको खण्डमा यो नियतिबाट थोरै भएपनि राहत मिल्ने उनीहरु बताउँछन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी संघ प्रदेश नं २ का अध्यक्ष जगरनाथ प्रसाद कलवार बसपार्क निर्माण समयमा नहुँदा यातायात व्यवसायीहरुले निकै सास्ती खेप्नु परिरहेको बताउँछन् ।

‘व्यवस्थित वीरगञ्ज अभियान चलाएर सडकमा गाडी पार्किङ गर्न दिईएको छैन, बसपार्क पनि तयार भएको छैन,’ उनले भने ‘यसबाट यातयात व्यवसायीहरु निकै मर्कामा परेका छन् । छिटोभन्दा छिटो बसपार्क बन्नुपर्छ ।’

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले काम तिव्र गतिमा सम्पन्न गर्न महानगरपालिकाले पटक पटक दवाव दिईनै रहेको बताउँछन् तर काम हुन सकेको छैन बस पार्कमा काम गर्नेहरु भनाए रहेको छ ।

जर्मन विकास बैंकको ऋण सहयोगमा वीरगञ्ज नगर विकास कोष मार्फत १८ करोडको लागतमा वीरगञ्जमा अध्याधुनिक बसपार्क निर्माण भईरहेको छ । तर परियोजनाको काम सम्पन्न नभएका कारण सबै पक्षले सास्ती भोग्नु परिरहेको छ । निर्माणमा भएको ढिलासुस्तीका कारण वीरगञ्जमा साढे ४ विगाहामा बन्ने अत्याधुनिक वर्षपार्क अझै अधुरै छ ।

पटक पटकको विवाद र मुद्धा मामिला पछि १५ महिनाको कार्य अवधि दिएर नगर विकास कोषले २०७१ फागुनमा ठेक्का लगाउन सफल भएको थियो ।

आशिष-पप्पु-रोशन जेभीले ठेक्का सकार गरेको परियोजनाको अहिलेसम्म झण्डै ६० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । बस टर्मीनलको भूँई पीच गर्ने लगायतका मुख्य काम बाँकी नै छ ।

विभिन्न बहानामा ठेकेदार कम्पनीले काममा आलटाल गर्दै आएको छ भने अन्य महानगरपालिका लगायत सरोकारवाला निकायले पनि काम गर्ने वातावरण बनाउन सकेका छैनन् ।

पटक पटक म्याद थपिएको भएपनि काम सम्पन्न हुन सकेको छैन । पछिल्लो पटक थपिएको म्याद अनुसार कार्त्तिक भित्रै काम सक्नुपर्ने छ ।

 

Back to top