×

बीरगंज १ कार्तीक । बडा दशैंको अवसरमा वीरगन्जको गहवामाईको पुजामा लागने १० सो दिनको मेला शान्ति पुर्णरुपमा सम्पन भएको छ । वीरगन्जको मेला शान्ति पुर्णरुपमा सम्पन भएकोमा वीरगन्ज नगरबासी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रेवती ढकाललाई धन्वाद दिएका छन ।

बुधबार वीरगन्जको माईस्थान चौकमा रहेका पसलेहरु एक आपसमा कुरा गदै पहिला दुई तिन दिनमात्र वीरगन्जमा मेला लागने गर्थियो तर यसपाली १० दिन सम्म वीरगन्जको मेनरोडमा मेला लागे पनि कुनै किसीमको अप्रिय घटना भएन सहज रुपले पर्साका बासी मेलामा आफनो पसल संचालन गर्न पाए यसका लागी पर्सा प्रहरी लगायत पर्साका प्रहरी प्रमुख रेवती ढकाललाई धन्वाद दिनु पर्छ भन्दै कुरा गर्न थालेका छन ।

यता माता दुर्गाको आशिर्वादले पर्सामा अपराध नियन्त्रण गर्न प्रहरी सफल भएको प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो । प्रहरीको एकलो प्रयासले मात्र अपराध नियन्त्रण नहुने बताउदै स्थानिय वासिन्दाको सहयोग र समर्थनले हामी प्रहरी शान्ति सुरक्षा र अमन चयन कायम राखन सफल भएको बताउनु भयो ।

हाल पर्सा प्रहरी अपराध नियन्त्रण संगै समाज सुधारका गतिविधिमा समेत अगाडी बढेको बताउदै समृद्ध समाज निर्माणका लागि सबै पक्षसंग हातेमालो गर्दै प्रहरी अगाडी बढनु पर्छ प्रहरी उपरिक्षक रेवती ढकालले भने ।

Back to top