×

वीरगन्ज २९ असोज । चालु आर्थिक वर्षको साउनदेखि असोज १५ सम्म नेपाल भित्रिएको मदिरा र ईनर्जी ड्रिङ्क्सबाट मात्रै एक अर्ब ३२ करोड भन्दा बढी भन्सार राजश्व उठेको छ ।

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले पछिल्लो साँढे दुई महिनाको अवधिमा आयात भएको मदिरा र ईनर्जी ड्रिङ्क्सबाट ५२ करोड ३१ लाख ३६ हजार पाँच सय ३४ रुपैयाँ राजश्व संकलन गरेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईँले बताए ।

सोही अवधिमा आयात भएको मदिरा र ईनर्जी ड्रिङ्क्सबाट वीरगन्ज भन्सार कार्यालयले भने ८० करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको बताइएकाे छ । गत आर्थिक वर्षको यही अवधिमा सुख्खा बन्दरगाह भन्सारले मदिरा र ईनर्जी ड्रिङ्क्सबाट ४२ करोड ८० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । वीरगन्ज भन्सार कार्यालयले भने गत आर्थिक वर्षको यही अवधिमा चार करोड रुपैयाँ राजश्व उठाएको थियो ।

Back to top