×

आशु सर्राफ/वीरगंज, आश्विन १० - एसडी आक्रमणमा परि उपचारको क्रममा ज्यान गुमाएकि सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्न वीरगंजमा बुधबार र्‍याली तथा दिप प्रज्वलनको आयोजना गरिएको छ ।

गत २६ गते एसिड प्रहारबाट घाइते भई काठमाडौँमा उपचारको क्रममा ज्यान गुमाएकी रौतहट चन्द्रनिगाहपुर नगरपालिकाकी १८ वर्षीय सम्झना दासलाई श्रद्धाञ्जली अर्पण तथा देशमा बढ्दै गएको महिला हिँसालाई नियन्त्रण लागि सरकारमाथि दवाव सृजना गर्न र्‍याली तथा दिप प्रज्वलन आयोजना गरिएको हो ।

सयौंको युवाहरुको सहभागितामा घण्टाघरबाट सुरु भएको र्‍याली वीरगंजको प्रमुख स्थानहरुको परिक्रमा गर्दै पुन: घण्टाघर पुगी मौन धारण तथा दिप प्रज्वलन गरि सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरुले देशमा महिलाहरु दिन प्रति दिन अशुरक्षित हुँदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । सहभागीहरुले सरकार संग एसिड विक्री तथा वितरणमा कडाइको माग गर्दै दसको परिवारलाई उपयुक्त राहत प्रदान गर्न समेत आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण सानो पाइला संस्थाद्वारा गरिएको थियो ।

प्रेम प्रस्ताव अस्विकार गरे पछि दासलाई गत २६ गते छिमेकमै बस्ने ५० वर्षीय रामबाबु पासवानले राति सुतिरहेको बेला एसिड आक्रमण गरेका थिए । दासको काठमाडौँ स्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा गत आइतबार ११ बजे मृत्यु भएको थियो । आक्रमणमा परि सम्झनाकी कान्छी बहिनि सुष्मिता दास समेत घाइते भएकी थीइन । उनको उपचार अहिले पनि काठमाडौँमा चलिरहेको छ ।

Back to top