×

वीरगञ्ज २७ भदौ । पर्साको पकाहामैनपुर गाउँपालिकाबाट प्रहरीले भारत लैजानका लागि सिमाना भन्दा झण्डै ३ सय मिटर नजिकमा रहेको फुसको घरमा ६२ कार्टुन मदिरा (सोफी) बरामद गरेको हो ।

भारत लैजानका लागि सिमाना भन्दा झण्डै ३ सय मिटर नजिकमा रहेको फुसको घरमा राखिएको अवस्थामा सोफी बरामद गरिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । ‘भारततर्फ लैजानका लागि सडक छेउको झुपडीमा १४ वटा जुटको बोरामा सोफी प्याकिंग गरेर राखिएको रहेछ,’ उनले भने, ‘प्रहरी टोली पुग्दा सबै भागिसकेका रहेछन् । त्यसैले मानिसहरु भने पक्राउ पर्न सकेनन् ।’

६२ वटा कार्टुनमा रहेको १८ सय ६० थान सोफीको मुल्य ७० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । सोफीको बोतलमा एमआरपी ३८ रुपैयाँ लेखिएको भएपनि ग्रामिण क्षेत्रमा ५० रुपैयाँमा किनबेच हुने गरेको छ ।

मुख्यमन्त्री नितिश कुमारले बिहार राज्यमा मदिरा उत्पादन, बेचविखन र सेवनमा प्रतिबन्ध लगाएका छन् । जसका कारण नेपालको सीमा क्षेत्रबाट अवैध रुपमा भारततर्फ मदिरा लैजाने गरिएको छ । कतिपय भारतीयहरु नेपालमै आएर मदिरामा लठि्ठने गरेका छन् ।

Back to top