×

वीरगन्ज २१ भदौ । गत साउन महिनाको २३ गते यहाँको औधोगिक घराना निम्बस् ग्रुपद्वारा उत्पादित भटवासको तेल त्यसैगरी विभिन्न ब्राण्डका तेल अखाध र मिसावटी रहित रहेको आशंकामा वाणिज्य कार्यालय लगायतका अन्य कार्यालय लगायतका अन्य सरोकारबाला कार्यालयहरुले शिलबन्दी गरी उत्पादन बन्द गराएको भएपनि पुनः उत्पादन खुला गराउन ग्रुपका प्रोपाइटर जगदिश अग्रवाल कम्मर कसेर लागिपरेको वीरगन्जका नाम नछापने सर्तमा एक ब्यपारीले बताएका छन ।

निम्बस् ग्रुपद्वारा उत्पादित भटवासको तेल त्यसैगरी विभिन्न ब्राण्डका उदपादन तेल मानिसको जिवनमा प्रतिकुलता थपिने मिसावट प्राप्त भएपछि साउन २३ गते मन्त्रि मातृका प्रसाद यादवले ‘निरीक्षणका क्रममा उद्योगबाट उत्पादित तोरी, भटमास र सूर्यमुखीको प्रशोधित तेलको नमुना र उत्पादनका निमित्त आवश्यक पर्ने अप्रशोधित तेलको नमुना संकलन गरेका थियौं,’ भदौ ८ गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नवराज ढकालले भने, ‘संकलित नमुना गुणस्तर तथा नापतौल विभागको प्रयोगशालामा परीक्षण गर्दा खान अयोग्य भेटियो ।’

सनफ्लावर, भटमास र तोरीको तेल अयोग्य भएकाले थप कारबाही अघि बढाएको मन्त्रालयले जनाए ‘उद्योग हेर्दा साह्रै सफा थियो । कैफियत छ जस्तो लागेको थिएन,’ पत्रकार सम्मेलनमा मन्त्री यादवले भने, ‘तर, परीक्षणका क्रममा कैफियत फेला र्पयो । उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार कारबाहीका लागि अघि बढाएका छौं ।’

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार सनफ्लावर तेलमा एसिड भ्यालु अधिकतम ० दशमलव ४ प्रतिशत हुनुपर्नेमा ० दशमलव ६ प्रतिशत भेटिएको थियो । भटमासको तेलमा प्रिफयाक्ट्रिज एसिड ० दशमलव २५ हुनुपर्नेमा ० दशमलव २ मात्रै थियो ।

तोरीको तेलमा सपलिकेसन भ्यालु १६८ देखि १७६ हुनुपर्नेमा १९३ पाइएको थियो । प्रयोगशालनमा अत्याधिक मिसावट पाइएपछि उधोगमा शिलबन्दी समेत भएको थियो ।

त्यसपछि अत्तालिएको निम्बस् ग्रुपका प्रोपाइटर जगदिश अग्रवालले शिलबन्दी खुलाएर उत्पादन सुचारु गर्न बिभिन्न राजनितिक शक्ती केन्द्रमा धाएको बताइन्छ । गत ११ गते सोही बमोजिम उनले जिल्ला प्रशासन कार्यालयमा शिलबन्दी खुलाउन माग गर्दै बिशिष्ठ खालको प्रयोगशालामा आफनो उत्पादनपरिक्षण गराउन माग गरेको निवेदन सहित जिल्ला प्रशासन कार्यालयको कभरिङ्ग लेटर लिएर प्रशासकिय अधिकृत तुलसी भण्डारी राजधानी हानिएपछि निम्बस्को रकमी खेलमा जिल्ला प्रशासन कार्यालय अपत्यारिलो ढङ्गले अनुबन्धितभएको अनुमान लगाउन थालिएको छ ।

निम्बस् ग्रुपले शिलबन्दी खोलेर उत्पादन विक्री वितरण गर्ने वातावरण मिलाए वापत तलदेखि माथिसम्म एक करोडको भेटी चढाउने आशय ब्यक्त गरेपछि प्रशासन कार्यालयका अधिकृत पत्र लिएर राजधानी हानिएका हुन ।

Back to top