×

वीरगन्ज १५ भदौ रौतहटको लालबकैया नदिमा डुगा पल्टिदा भएको दुर्घटना पुलको कारण नभएको पप्पु कन्सट्रक्सनले दाबी गरेको छ ।

सुरक्षाको कुनै पनि उपाय अपनाउन नसकेको, पानीको बहाव धेरै भएको बेला धेरै पुरानो फुटेको डुगालाई टालटुल पारी चलाउदा दुर्घटना भएको कन्सट्रक्सनले दावी गरेको छ ।

उक्त दुर्घटनाका सन्दर्भमा छानविन भईरहेकोले सत्यतथ्य बाहिर आउने जानकारी दिदै कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारले भने राजनीतिक पुर्वाग्रहीका कारण मेरो बुवा हरिनारायण रौनियार र मेरो कम्पनि पप्पु कन्सट्रक्सनलाई बदनाम गराउने प्रयास भइरहेको छ ।

धेरै पुरानो कुहिएको डुगामा ४० जनाभन्दा बढी सवार हुनु,पानीको बहाव धेरै भएको बेला बासको ढठाले थेग्र नसक्नु र डुगामा सवार कसैले पनि लाईफ ज्याकेट नलगाउनुले दुर्घटना भएको हो । रौनियारले भने

सुरक्षाको उपाय नअपनाउदा यसअघि पनि त्यहा कयौ पटक दुर्घटना भएको छ । त्यसतर्फ सम्बन्धीत निकायले ध्यान दिनु पर्छ । पुल निर्माणमा ढिलाई भएको कुरा बेग्लै हो र दुर्घटनाको कुरा बेग्लै हो ।

सरकारको तर्फबाट समय मै बजेट निकासा नहुदा निर्माण कार्यहरुमा ढिलाई भएको हो सम्बन्धित निकायबाट समय पनि थप गरिएकै हो । यस विषयमा सम्बन्धित निकायबाट हुने अनुगमन र काम कारवाहस्का लागि सधै तयार छौ । रौनियारले भने ,

तर राजनितिक दबावका कारण हामीलाई बदनाम गर्नु उचित ओईन । सरकारको नीतिका कारण मधेशका जिल्लाहरुमा निर्माण सामाग्री समयमा उपलब्ध हुन नसकेको बताउदै रौनियारले मधेशका जिल्लामा गिटी,बालुवा ल्याउन निकै अपठयारो बनाईएको छ । निर्माण सामाग्री नै सहज रुपमा नपाएपछि मधेशका जिल्लामा भौतिक पुर्वाधार निर्माणका काम कसरी अगाडी बढउने ?

पहाडमा जहाबाट पनि गिटी,बालुवा ढुगा ल्याउने छुट छ । उनिहरुलाई पहाड नै उपलब्ध गराईन्छ । तर मधेशमा खोलाबाट बादुवा झिक्दा पनि सरकारी र गैरसरकारी पक्षले रोक्छ ।

सरकारले ठुलो संख्यामा पुल निर्माणको सम्झौता गरेको छ तर १० प्रतिशत बजेट पनि निकासा नगर्दा नेपालका धेरै स्थानमा पुलहरु अलपत्र परेको उनको दाबी रहेको छ ।

गत शनिबार साझ सात बजेतिर लाल बकैया नदिमा करिब चालिस जना सवार डुगा दुर्घटना भएको थियो । पानीको अत्याधिक बहावका कारण डुगालाई बगाउदा निर्माणधिन पुलको पिलरमा गएर ठोकिएको थियो । केहिले पानीमा पौडेर ज्यान जोगाएका थिए भने केहिको उद्धार गरिएको थियो ।

 

Back to top