×

वीरगंज, जेष्ठ ३१ - वीरगंज ३१ जेठ वीरगंज उद्योग बाणिज्य संघका उपाध्याक्ष समेत रहेका अनिल अग्रवाल (पटवारी) व्यापारीको र्फम तथा गोदाममा आन्तरिक राजश्व विभागले छापा मारेको छ ।प्रहरीले नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मरिच बरामद गरेर बुझाएपछि राजस्वको टोलीले अनिल अग्रवाल (पटवारी) व्यापारिक प्रतिष्ठानमा छापामारी गरेको हो ।

वीरगंज उद्योग बाणिज्य संघका उपाध्याक्ष समेत रहेका अनिल अग्रवाल (पटवारी) को रामटोल स्थित गोदममा बिभागको टोलीले छापामारी गरेर आवश्यक कागजपत्र लगेको स्रोतले जनाएको छ । राजश्व विभागका निर्देशक ध्रुव पोखरेल नेतृत्वको टोली छापामारीका लागि वीरगञ्ज आएको थियो ।

राजश्व अनुसन्धान कार्यालय पथलैयाका निमित्त प्रमुख भिमप्रकाश देवकोटाले विभागको टोली आएर वीरगंजको व्यापारिक र्फममा छापामारी गरेको पुष्टि गरे ।मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा झण्डै दोब्बर मुल्यमा बिक्रि हुने गरेको छ । त्यसैले भारततर्फ तस्करी हुने गरेको छ ।

२०७४ साउन १४ गतेदेखि हालसम्म प्रहरीले अवैध रुपमा भारततर्फ निकासी गर्दै गरेका १८ टन मरिच बरामद गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइसकेको छ । मरिच तस्करीमा प्रयोग भएको १० चक्के ट्रक, दुई वटा ट्याक्टर एउटा मोटरसाईकल र ८ जना मानिसलाई समेत प्रहरीले राजश्वको जिम्मा लगाएको थियो ।

Back to top