×

वीरगंज, वैशाख १७ - सऊदी अरबको जेलमा रहेका नेपालि नागरिक उमेश यादवको जीवन रक्षाका लागि माग गरिएको ब्लडमनिको लागि प्रदेशसभा सदस्य (सांसद) डा. अन्जु कुमारी यादवले आफ्नो एक महिनाको तलव वापत प्राप्त हुने पुरा रकम सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

पाकिस्तानी नागरिक मोहम्मद लतिफ वसिर अहमद असलमको हत्याको आरोपमा साउदी जेलमा रहेका उमेश यादवलाई मृत्युदण्ड दिएपछि उनलाई बचाउने प्रयासका लागि सामाजिक अभियन्ता सरोज राय पाकिस्तान गएका छन् । त्यहाँ उनको पहलमा असलमका परीवारले उमेश यादबलाई आममाफी दिसकेका छन् तर, आममाफी बापत असलमका परीवारले ब्लड मनी ३० लाख पाकिस्तानी रुपयाँ माग गरेका छन् ।

प्रदेशसभा सदस्य डा. अन्जुले प्रदेशसभाबाट प्राप्त हुने आफ्नो एक महिनाको तलव वापतको रकम ब्लडमनिका लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो । डा. अन्जु प्रदेशसभाबाट प्राप्त हुने तलव सामाजिक कार्यमा सदुपयोग गर्ने पहिलो प्रदेशसभा सदस्य बन्नु भएको छ । यसआघि कुनैपनि प्रदेशसभा सदस्यले आफुले प्राप्त गर्ने तलव सामाजिक कार्यका लागि प्रयोग गरेको छैन ।

उहाँले उमेश यादवको जीवन रक्षाका लागि सबैलाई सहयोग गर्ने समेत आहवान गर्नु भएको छ । डा. अन्जुले सबैले मिलेर सहयोग गरे ब्लडमनिको लागि अपुग रहेको रकम छिट्टै संकलन हुने बताउदै यादवको जीवन रक्षाका लागि सानो रकम भए पनि सामाजिक अभियान्ता सरोज राय मार्फत सहयोग गर्ने अनुरोध गर्नुभएको छ ।

डा. अन्जुको यस निर्णयलाई उमेश यादवको जीवन रक्षा गर्न पहल गरिरहेका सामाजिक अभियान्ता सरोज रायले सराहना गर्नु भएको छ । रायले डा. अन्जुलाई धन्यवाद दिंदै अन्य जनप्रतिनिधिहरुलाई पनि यसै गरि उमेश यादवको जीवन रक्षा गर्न ब्लडमणिको लागि सहयोग गर्न आहवान गर्नु भएको छ ।

Back to top