×

वीरगंज, बैशाख ८ - नेपाल राष्ट्र बैंकको ६३ औं स्थापना दिवसको अवसरमा आज वीरगंजमा बितिय सचेतनामुलक प्रभातफेरी निकालिएको छ ।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको सचेतनामुलक कार्यक्रमलाई अर्थमन्त्री युवराज खतिवडाले शुभारम्भ गर्नुभएको थियो । प्रभातफेरिको शुभारम्भ गर्दै अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैकको भूमिकाको बारेमा प्रकाश पार्नुभएको थियो ।

उहाँले देशको अर्थतन्त्रको वास्तबिक निकाय नै राष्ट्र बैक तथा बितिय संस्थाहरु भएकोले अहिले यस्ले समयानुकुल आफुलाई पारिमार्जीत गर्दै जानु पर्ने धारणा समेत राख्नुभएको थियो ।

कार्यक्रममा मेरोमाईक्रो फाईनान्सका जितपुर शाखा प्रमुख अजित कुमार मण्डल, अनुगमन अधिकृत रामकिसोर प्रसाद कुशवाहा,बैकका प्रमुखहरु, बीरगंज स्थित बिभिन्न बित्तिय संस्थाका पदाधिकारीहरु ,नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो । प्रभातफेरिले नगरको बिभिन्न भागको परिक्रमा गरी पुन बंैकमा आइ समापन भएको थियो ।

Back to top