×

वीरगंज, वैशाख ३ - पर्सा जिल्ला लाई समृद्ध बनाउने उद्देश्यले जिल्लाका सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुले समृद्ध पर्सा विकास समिति गठन गरेका छन् ।

नयाँ वर्षको अवसरमा शोमबार वीरगंजमा आयोजित एक कार्यक्रम विच पर्सा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुको उक्त समिति गठन भएको छ ।

पर्सा क्षेत्र नम्बर तीनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिनारायण प्रसाद रौनियारको संयोजकत्वमा गठित उक्त समितिमा प्रदेशसभा सदस्य रजेश प्रसद साह, करिम बेगम, रमेश पटेल, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगी, बहुद्रामाई नगरपालिकाकीका नगर प्रमुख (मेयर) नितेन्द्र साह, पोखरिय नगपालिकाका नगर प्रमुख (मेयर) दीपनारायन रौनियार, उप-प्रमुख (उप-मेयर) सल्मा खातून, पटेर्वा सुगौली गाउँपालिकाको उपाध्यक्ष मम्ता महतो, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, जिराभावानी गाउँपालिकाका अध्यक्ष रामप्रित महतो सदस्य रहेका छन।

स्थानीय निर्वाचन भएको सात महिना बितिसक्दा पनि पर्सामा विकास कार्यले गति नलिनुको कारण र तिनको समाधानको उपाय पहिल्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सहभागी हरुले विकास कार्यलाई गति दिदै बिना बाधा अद्चन समपन्न गर्न र दलिय भावना त्यागेर एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

समग्र जिल्लको विकास गर्न स्थानिय तह मज्बुत हुनुपर्ने तथा जनताको आवश्यकता अनुरुप कार्य हुनुपर्ने उनिहरुको भनाइ थियो । संघ प्रदेश र स्थनिय तहमा आपसी समन्यव भए मात्र यस्तो सम्भव हुने भेलाको निष्कर्ष थियो । प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार रौनियार, प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साह तथा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको अगुवाइमा बोलाइएको भेलामा पर्सा जिल्लाबाट निर्वचित प्रतिनिधि एवम प्रदेश सभा सदस्य, समानुपातिक प्रदेश तथा प्रतिनिधिसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Back to top