×

बारा १८ चैत्र महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले सडक ढलान तथा नाला निमार्णमा देखिएको विवादको समाधान गरेका छन ।

नगरपालिकाको वडा नम्बर २ को ब्रहमबाबाको मन्दिर देखि नयकाटोल हुँदै हुलाकी राजमार्ग जोडने सडकसम्म एक किलोमिटरसम्म २० फिटमा निमार्ण हुन लागेको सडक ढलान र नाला निमार्णमा सडकलाई फराकिलो बनाउने विषयलाई लिएर विवाद देखिएको थियो । नगर प्रमुख यादवले आफनो गाउँ ठाउँमा आएको विकासलाई विकास गर्न र गराउनुमा सबै एक जुट भएर विकास गर्न आग्रह गरेका थिए । सडक ढलान र नाला निर्माणका लागि चाहिने २० फिट चौंडाई बाटो नभएको ठाउँमा विकासका लागि आ(आफ्नो जग्गा दिएर सहयोग गर्न नगर प्रमुख यादवले गरेको आग्रहलाई स्थानीय बासिन्दाहरूले जग्गा दिन तयार भएपछि नक्सांकन कार्य पूरा भएपछि देखिएको विवाद समाधान भएको छ । सडक ढलान तथा नाला निमार्णमा देखिएको विवादलाई नगर प्रमुख यादवले प्राविधिक टोली सहित नक्सांकन गराई सडकलाई फराकिलो बनाउदै विवादको समाधान गरेका हुन ।

२० फिट भित्रमा सडकको दायाँ र बायाँ नाला निर्माण संगै सडकको ढलान हुन लागेको हो । नगरपालिकाको सहयोगमा ८५ लाखको लागतमा सडक ढलान र नाला निर्माण हुन लागेको हो

Back to top