×

पोखरा, १८ चैत रपोखरा लेखनाथ महानगरपालिकामा कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक चलाउन प्रतिबन्ध लाग्ने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको वाइफाइ कनेक्सनबाट नेट चल्ने कम्युटर, मोवाइल, ल्यापटपमा महानगरपालिकाले आइतबार देखि कार्यालय समयमा फेसबुक नचल्ने बनाएको हो ।

कार्यालय समयमा कर्मचारीले फेसबुक चलाउदा सेवा ग्राहीको काममा बाधा परेको बन्दै सर्वबाट कार्यालय समयमा फेसबुक नचल्ने बनाएको मयेरका सोकिए सचिब लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

कर्मचारी कामभन्दा फेसबुकमा बढी अभ्यस्त हुन थालेको व्यापक जनगुनासो आएपछि महानगरले सर्वरबाट बन्द गर्नु परेको उनले बताए ।कार्यालयमा जनताको काम छलेर फेसबुकमा कर्मचारी रमाउने गरेको गुनासो आएको पछि बन्द गर्ने कदम चाल्नु परेको उनको भनाई छ ।

Back to top