×

बिरगंज १७ चैत हनुमान जयन्ती शनिबार बिरगंजमा धुमधामका साथ मनाइएको छ। भक्तिका प्रतिक मानिने हनुमानको जयन्ती फरक-फरक समुदायले मनाएका हुन्। विभिन्न हिन्दुवादी सघ सस्था तथा मारवाडी समुदायले बिहानदेखि विभिन्न प्रकारका झाकी सहित निकाली यो जयन्ती मनाएका हुन ।

विभिन्न हिन्दुवादी संघ संस्थाले बिहानैदेखी आ–आफ्नो संस्कृति झल्किने झाकीसहित हातमा जयश्री राम लेखिएको झण्डा, तलवार, त्रिशुल र जय श्री रामको नारा लगाउदै जुलुस नगर परिक्रमा गरेको थियो।

बिरगंजको घण्टाघर चौकबाट बाजागाजा सहित निकालिएको हनुमान जयन्ती रेल्वेरोट हुँदै कुम्हालटोल, जेलरोड, मिथिलानगर, छपकैया पोखरी हुँदै नगर परिक्रमा गरि पुन घण्टाघर चौकमा पुगि समापन भएको हिन्दु युवा सघका सल्लाहकार ज्योतिलाल साह कलवारले बताए ।

हजारौको सख्यामा निकालिएको हनुमान जयन्तिमा सहभागीहरुलाई स्थानियले ठाउँ ठाउमा भब्य स्वागत गरेका थिए । स्थानीय जनताले जयन्तीमा चिसो पानी, सर्वतलगायतका खानेकुराको व्यवस्था गरेका थिए। मारवाणी समुदायले पनि विभिन्न झाकी सहित हनुमान जयन्ती मनाएका छ्न । बिभिन्न देबिदेवताको रुपमा सजाइका झाकी बाजागाजा सहित नगरको विभिन्न भाग परिक्रमा गरेका थिए ।

हनुमान जयन्तीको तिथी कार्तिक कृष्ण चतुर्दशी र चैत्र शुक्ल पूर्णिमा दुवै दिनलाई मानिएको छ। चैत्र महिनाको पूर्णिमाका दिन स्त्री, पुरुष, बाल, वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आफूलाई पवित्र बनाउछन्। यस दिन घरघरमा लक्ष्मी (नारायणलाई प्रसन्न तुल्याउन व्रत सम्पादन गरिन्छ र सत्यनारायणको कथा श्रवण गर्ने प्रचलन छ।

रामभक्त हनुमान भक्तिको पराकाष्ठा थिए र उनै हनुमानबाट भक्ति सिक्नका लागि अभिप्रेरित हुन हनुमान जयन्ती मनाइने गरिन्छ । ब्रम्हचार्य र संयमताको पर्यायवाची हनुमानले अहिले पनि मानव जगतलाई धेरै कुरा सिकाएको छ।

Back to top