×

वीरगंज, पुष २६ - तराई-मधेसका बारा र पर्सा लगायात क्षेत्रहरुमा बढ्दो चिसो र शितलहरबाट बच्न पर्साको पोखरिया नगरपालिका कार्यालयले आज विभिन्न वडाहरुका विपिन्न वर्गलाई कम्बल वितरण गरेको छ ।

नगरपालिका कार्यालयले वडा नम्बर २ को लक्मरियाका विपिन्न, दलित, एकल महिला, बृद्धा र असाहयहरुलाई चिसोबाट बच्न ८० थान कम्बल वितरण गरिएको नगर उप-प्रमुख सलमा खातुनले जानकारी दिनु भयो ।

आज आयोजित कमबल बितरण कार्यक्रममा पोखरिया नगरपालिकाका नगर प्रमुख (मेयर) दिपनारायण रौनियार, उप-प्रमुख (उप-मेयर) सलमा खातुन , पुर्व वडा अध्यक्ष चोकट गिरी लगायतको स्थानीय नेता, सामाजिक अगुवा तथा वरिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Back to top