×

वीरगन्ज, असोज ०५ - तेश्रो स्थानीय तहको निर्वाचनको मतगणना पर्सा जिल्लामा जारि रहेको बेला संघीय समाजवादी फोरम नेपालको अग्रता कायम रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको ताजा जानकारी अनुसार पर्साको धोवीनी गाउँपालिकाबाट संघीय समाजवादी फोरम नेपाललको तर्फाबाट अध्यक्ष पदका उम्मेदवार शुसिला देवी चौहान ११६६ र उपाध्यक्षमा पार्सनाथ प्रसाद कुर्मी १२८५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् । फोरम नेपाललाई पछ्याउदै राष्ट्रिय जनता पार्टी (राजपा)ले अध्यक्षमा ७७५ र उपाध्यक्षमा ६५१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेस अध्यक्ष पदमा ५९७ र उपाध्यक्ष पदमा ७१७ मतका साथ् तेश्रो स्थानमा रहेको छ भने अध्यक्षमा ३१० र उपाध्यक्षमा ४०० मतका साथ् माओवादी केन्द्र चौथो स्थानमा रहेको छ ।

त्यसरीगरि धोवीनी गाउँपालिकाको वडा नम्बर १ र २ मा पनि फोरम नेपालले विजयी प्राप्त गरेको छ । वडा नम्बर १ मा फोरम नेपालका उम्मेदवार लाला राउत कुर्मी विजयी हुनुभएको छ भने वडा नम्बर २ मा फोरमका नन्दलाल प्रसाद कुर्मी विजयी हुनुभएको छ । अहिले वडा नम्बर ५ को मतगणना जारि रहेको छ भने उक्त वडामा पनि फोरमले अग्रता लिएको छ ।

Back to top