×

वीरगन्ज, असोज ०४ - पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाको पहिलो चरणको मतपरिणाम घोषणा भएको छ । बहुदरमाई नगरपालिकाको प्रमुख निर्वाचन आयोगको कार्यालयले नगरपालिकाको वडा नम्बर १, २ ३ मा मतगणना चलिरहेको जानकारी गराएको छ । निर्वाचन कार्यालयले उपलब्ध गराएको ताजा जानकारी अनुसार बहुदरमाई नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा ८०२ मत र उप-प्रमुख पदमा ८७९ मत प्राप्त गर्दै अग्रता लिएको छ ।

नेपाली कांग्रेसलाई पछ्याउदै संघीय समाजवादी फोरम नेपाल प्रमुखमा ६३४ र उप प्रमुखमा ४२४ मत सहित प्रमुखमा दोश्रो र उप-प्रमुखमा तेश्रो स्थानमा रहेको छ भने राष्ट्रिय जनता पार्टीले (राजपा) प्रमुखमा ६२६ मत सहित तेश्रो र उप-प्रमुखमा ६५६ मत हासिल फोरम नेपाललाई कडा टक्कर दिएको छ ।

त्यसैगरी प्रमुखमा २८६ र उप-प्रमुखमा ३१८ मत प्राप्त गर्दै फोरम लोकतान्त्रिक चौथो स्थानमा रहेको छ भने प्रमुखमा १९८ र उप-प्रमुखमा २४३ मतले पाँचौ स्थानमा रहेको छ । माओवादी केन्द्र प्रमुखमा ११५ र उप-प्रमुखमा ७० मत हासिल गर्दै अन्तिम स्थानमा रहेको स्थानीय निर्वाचन आयोगका अधिकृतले जानकारी गराएका छन् ।

अर्कोतिरा, राष्ट्रिय जनता पार्टी (राजपा) ले बहुदरमाई नगरपालिकामा विजयी सुरुवात गरेको छ । बहुदरमाई नगरपालिकाको वडा नम्बर १ को वडध्यश पदका उम्मेदवार प्रमोद यादवले ४७९ मत प्राप्त गर्दै आफ्नो सम्पूर्ण प्यानल संगै विजय भई बहुदरमाई नगरपालिकामा राजपाको खाता खोलेका छन् । प्यानलको सदस्यमा बिनोद सिंह ,नरेश प्रसाद कुर्मी, महिला सदस्य लीलावती देवी, रीता देवी राम रहेका छन् । उनको निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसको तर्फा बाट वडाध्यक्ष पदका उम्मेदवार विकास यादवले २२४ मत प्राप्त गरेका थिए ।

Back to top