×

वीरगन्ज, असोज ०१ - बाराको परवानीपुर् गाउँपालिकाका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो निकटम प्रतिष्पर्धी संघीय समाजवादी फोरम नेपाललाई केवल १० मतले पराजित गर्दै परवानीपुर गाउँपालिकाको वडा नम्बर १ मा राजपाको वडाध्यक्ष पदका उम्मेदवार मिश्रीलाल महतो ५५९ मत प्राप्त गर्दै सम्पूर्ण प्यानलका साथ् विजयी भएका हुन् । फोरम नेपालको तर्फाबाट वडाध्यक्ष पदका उम्मेदवार चोकट महतोले ५४९ मत प्राप्त गरेका थिए ।

जितपश्चात वडाध्यशमा विजय भएका महतोलाई राष्ट्रिय जनता पार्टीका केन्द्रिय महामन्त्री जितेन्द्र सोनलले फुलमाला र अभिर लगाई बधाई समेत दिएका थिए । यात्रा डेली संग कुरा गर्दै महामन्त्री सोनलले भने, "परवानीपुर गाउँपालिकामा हामि निश्चित रुपले विजयी हुन्छौं र यो हाम्रो जितको पहिलो सुरुवात हो, उनले भने " मधेसी यो जित नभएर सम्पूर्ण मधेसी जनताको हो, यो जितका साथ् मधेसको लडाईमा हामि अगाडी बढेका छौं ।"

प्रमुख निर्वाचन आयोगको कार्यालयले उपलब्ध गराएको ताजा जानकारी अनुसार परवानीपुर गाउँपालिकामा राष्ट्रिय जनता पार्टी पहिलो स्थानमा रहेको छ । हालसम्म भएको वडा नम्बर १ र २ को मतगणनाको विवरण अनुसार प्रमुखमा ९८० मत प्राप्त गर्दै राजपाले अग्रता लिएको छ । राजपालाई पछ्याउदै फोरम नेपालले प्रमुख पदमा ८८५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ५४५ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा एमालेले २१५ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले जम्मा १४७ मत प्राप्त गरेको छ ।

 

Back to top