×

वीरगन्ज, असोज ०४ - सम्पूर्ण नगरवासी निर्वाचनको मतगणनामा होमिएको बेला वीरगन्जमा एउटा अप्रिय घटना भएको छ । वीरगन्ज महानगरपालिकामा एक अज्ञात व्यक्तिको सव फेला परेको छ ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर १४ पिपरा नजदिक रहेको कृषि औजार कारखान एउटा नालामा टुअको डुबेको अवस्थामा एक व्यक्तिको सव फेला परेको छ । व्यक्तिको पहिचान प्रहरीले पुष्टि गर्न सकेको छैन भने सवको साथ् बाट फेला पारेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाट उक्त व्यक्ति महोत्तरीका ३५ वर्षीय राम नारायण महतो हुन सक्ने प्रहरीको आशंका छ ।

कृषि औजार कारखाना अगाडी मुख्य सडकको नालामा उनको शव फेला परेको हो । मृतकले गोलाकार भित्र हसिया हथौडा चिन्ह भएको माओवादी केन्द्रको रातो रंगको भेष्ट लगाएका छन् । पानीमा टाउको गाडीएको अवस्थामा आज दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले भने मृतकको पहिचान नखुलेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रेम कुमार साहीले मृतकको पहिचान नखुलेको जनाए । ‘मृतकको पहिचान खुलेको छैन, घटनाबारे अनुसन्धान भइरहेको छ ’ उनले भने ।

Back to top