×

कलैया, असोज ०४ - दुई नम्बर प्रदेशमा मंगलवार देखि सुरु भएको तेश्रो स्थानीय तहको निर्वाचनको मत गन्ने क्रम जारि रहेको छ । प्रदेश नम्बर २ को १ सय ३६ स्थानीय तहमा शोमवार भएको स्थानीय तहको मतपरिणाम आउन थालेको छ ।

प्रदेश नम्बर दुईका तीन मध्ये एक उपमहानगर बाराको कलैयामा संघीय समाजवादी फोरमका उम्मेदवारले अग्रता लिएका छन् ।

मतगणनाको सुरुवाती चरणमा अग्रता लिएका फोरमका उम्मेदवार प्रमोदप्रसाद गुप्ता बीचमा एमालेका उम्मेदवार बिनोद साहसँग पछि परेका छन् ।

गुप्ताले करिव २०० मतको अग्रता लिएका छन् । उनले अहिलेसम्म १६६४ मत पाएका छन् भने साहले १४९३ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका राजेश राय यादव १०१० मतका साथ तेस्रो स्थानमा छन् ।

Back to top