×

वीरगंज २८ भदौ नबिल बैंकले वीरगंज महानगरपालिकाको कार्यालय नबिल बैंकले एक्स्टेन्शन काउण्टर आज देखि सञ्चालनमा ल्याएको छ । वीरगंज महानगरपालिकाको कार्यकारी अधिकृत पिताम्बर अधिकारीले रिबन काटेर शाखाको उद्घाटन गर्नुभएको हो । महानगरपालिकाले राजश्व संकलन लगायतको कामलाई छिटो छरितो र पारदर्शी बनाउनको लागि बैंकिङ काउण्टर स्थापना गर्न बोलपत्र आहवान गरेकोमा नविल बैंकले उक्त जिम्मेवारी पाएको बैंकका वीरगंज शाखा प्रमुख केशव नेपालीले बताउनुभयो । नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिएर सञ्चालनमा आएको महानगरस्थित काउण्टरले राजश्व सँग सम्बन्धीत दैनिक कारोवार र कर्मचारीहरुको तलब भत्ता वितरणको काम गर्नेछ । विभिन्न सेवाको लागि सर्वसाधारण आउँदा राजश्व संकलनको कामलाई छिटोछरितो गर्न र नगद कारोवारलाई पुर्णरुपमा अन्त्य गर्नका लागि बैंक काउण्टर स्थापना गरीएको वीरगंज महानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले जानकारी दिनुभयो । बैंकिङ कारोवारको शुरुवात सँगै नगद कारोवार बन्द हुने हुँदा राजश्व संकलनको क्रममा कर्मचारीबाट हुन सक्ने आर्थिक अनियमितता बन्द हुने बताईएको छ । सेवाग्राहिले नगरपालिकालाई बुझाउनुपर्ने कर बैंकिङ प्रणाली मार्फत बुझाउने र त्यहाँबाट प्राप्त भौचरको आधारमा नगरपालिकाको काम हुने हुँदा आर्थिक अनियमितता नियन्त्रणमा आउने विश्वास गरीएको हो । बैंकले महानगरपालिका परिसरमा एटिएम सेवा पनि सञ्चालनमा ल्याएकोले कर्मचारी र सर्वसाधारणलाई थप सहजता हुने भएको छ । उद्घाटन कार्यक्रममा महानगरपालिकाका प्रमुख योजना अधिकृत प्रकाशमान अमात्य, वरिष्ठ लेखा अधिकृत हरिकिशोर प्रसाद, कर अधिकृत शम्भु गुप्ता, सरसफाई शाखा प्रमुख मनोज कर्ण, र बैंकका तर्फबाट पावर हाउस शाखा प्रमुख त्रिलोकध्वज जोशी, वीरगंज शाखाका सम्पर्क प्रवन्धक नितिन नन्दवाना, अपरेशन ईन्चार्ज कलिमुल्लाह अंसारी लगायतको सहभागिता रहेको थियो ।

Back to top