×

वीरगनज २८ भदौ वीरगन्ज महानगरपालिका वाड नम्बर २९ बस्डिलवामा संघीय समाजवादी फोरम नेपालले बिहानी कोणसभा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी मेयर उम्मेदवार विजय सरावगीले फोरमको चुनावी एजेन्डाबाट प्रास्ताभएका केहि दलका उम्मेदवारहरुको अनैतिक प्रलोभनबाट सावधान रहन आग्रह गर्नुभएको छ । उहले आर्थिक र सरसमान बाड्ने रणनीति लिएकाहरुले त्यसरी जनताको मत पैसाको बलमा किन्न चाह्नेलाई समातेर प्रहरीको जिम्मा लगाउन आग्रह गर्नुभयो ।

उहाले फोरमको विजयी पछि वीरगन्जमा आउने विकासको गति नेपालमैं उदारणीय हुने बताउदै नगरवासीको हित, सुख र सुबिधालाई ध्यानमा राखि लोककल्याणकारी स्थानीय सरकारको प्रत्याभुति गराउने अनुरोध गर्नुभयो । आफ्नो नेतृत्वका स्थानि सरकारको लागि मतदानपत्रमा एक लहरमा सातवटै पदका लागि मशाल छापमा मतदान गर्न नेता सरावगी आग्रह गरे ।

कार्यक्रमका अतिथि फोरम नेपालकको तर्फबाट उपमेयर उम्मेदवार पिंकी यादवले महिलाहरुको सशक्तिकरणको लागि फोरम नेपालले उदेश्य लिएकोले पार्टीका समस्त उम्मेदवारलाई बिजयि गराउन अह्वान गरिन् । मधेसी महिला घुम्टोबाट निस्किन नसकेको भन्ने बुझाईलाई चिर्न आफु शिक्षकको जागिर छोडेर मैदानमा उत्रिएको बताइन । फोरम नेपालका जिल्ला उपाध्यक्ष सुन्दर कुर्मीले मधेशको हितको रक्षा र वीरगन्जका सबै वडा र टोलहरुको विकास गर्न फोरम नेपाललाई बिजयि बनाउन अह्वान गरे । पार्टीका नगर अध्यक्ष मुकेश दिवेदी, युवा नेता नासिर खान, रोहित वारंवाल लगायत अन्य नेता, कार्यकर्ता तथा वडाका अगुवा व्यक्तिहरुको उपस्तिथी रहेको थियो ।
Back to top