×

वीरगन्ज १९ भदौ फोरम नेपालले टिकट टुंगो लगाएलगत्तै पार्टीभित्र हंगामा सुरु भएको छ। टिकट वितरणमा धाँधली गरेको भन्दै कार्यकर्ताहरुले नेताहरुविरुद्ध नाराबाजी सुरु गरेको छ ।पार्टीका केन्द्रीय उपाध्यक्ष तथा दुई नम्बर प्रदेशकका प्रादेशिक संयोजक रेनुकुमार यादवलाई कार्यकर्ताहरुले उनकै घरमा थुनेर राखेका छन्। विगत दुई घन्टादेखि उपाध्यक्ष यादवलाई घरमै थुनेर राखेका हुन् । राजविराजस्थित निवासको मूल ढोकामा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन्। कार्यकर्ताहरुले घर अगाडि नै टायर बालेर प्रदर्शनसमेत गरेका छन्। टिकट वितरणमा धाँधली गरेको भन्दै उनीहरुले नाराबाजीसमेत गरेका छन्।

Back to top