×

वीरगज १२ साउन पर्साका तत्कालीन गाविसहरूमा कार्यरत सामाजिक परिचालकहरूले गाविसको रकम आफैं दुरुपयोग गरेका छन । सम्बन्धित गाविससँग मिलोमतो गरी उनीहरूले आर्थिक वर्ष २०७३–२०७४ मा रु १ करोड ५० लाखभन्दा बढी गाविसको रकम दुरुपयोग गरेको प्रमाण फेला परेको छ । जनप्रतिनिधिविहीन गाविस सञ्चालनको जिम्मा पाएका सचिवहरूले गर्दै आएको भ्रष्टाचार लुकाउन सामाजिक परिचालकहरूले आफैं भ्रष्टाचार गरिरहँदा सरोकावालाहरू अहिलेसम्म बेखबर रहेका छन् । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत गाविसमा काम गर्दै आएका परिचालकहरूले गाविसको रकम आप्नैm नाममा झिकी रकम दुरुपयोग गर्ने गरेको पाइएको छ ।

समुदायस्तरमा विभिन्न सचेतनामूलक काम गर्ने, सामाजिक सद्भाव कायम गराउने, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रलगाएत गाविसले गर्दै आएको कामकाजबारे समाजलाई जानकारी गराउने उद्देश्यले काममा खटेका ती कर्मचारीहरूले गाविसको रकमबाट मौजमस्ती गरिरहेको प्रमाण भेटिएको छ । आर्थिक वर्ष २०७३–२०७४ मा सामाजिक परिचालकले लागभग रु १ करोड ५० लाख बराबर रकम सम्बन्धित गाविसहरूबाट बालबालिकाहरूको नाउँमा रु २ लाखसम्म निकासा गराई भ्रमणको नाउमा खर्च गरेको पाइएको छ । पर्साको ८२ गाविस तथा नगरको प्रत्येक वडामा सामाजिक परिचालकहरूले काम गर्दै आएका छन् । गाविस तथा नगरपालिकामा हुने भ्रष्टाचार लुकाउन कर्मचारीहरूले परिचालक बनाएको योजना अनुसार गाविस सचिवहरूले आपूm जोगिन रकम दिने गरेको एक गाविस सचिवले बताए । आपूmले गरेको भ्रष्टाचारबारे परिचालकबाहेक कसैलाई थाहा नभएको कारण ती सचिवले बताए । सामाजिक परिचालकहरूले मुडली, धोरे, पकहामैनपुर, पोखरिया, सेढवा, बसन्तपुरलगाएत गाविसबाट नेपालको विभिन्न ठाउँमा भ्रमण गराएको देखिन्छ । पोखरा भ्रमण सकेर आएको टोली नेता सामाजिक परिचालक धोरेका नगनरायण साह तथा मुडलीका बिक्रम साहसँग सम्पर्क गर्दा गाविसले छुट्याएको रकम खर्च गर्ने विषयमा बाल भेला गराई निर्णय अनुसार भ्रमणमा गएको बताए । भ्रमणमा कति खर्च भयो आपूmलाई थाहा नभएको ट्राभल एजेन्टलाई सोध्न उनले भने । बालबालिहरूको दिगो विकासको लागि नेपाल सरकारले पठाएको रकम सामाजिक परिचालकहरूले आपूm अनुकूल भोज भतेर, भ्र्रमणमैं सिध्याउने गरेको पाइएको छ । त्यति मात्र हैन अहिले उनीहरूलाई गाविसको हरेक विकास खर्चमा सहभागी गराई कमिसन दिने गरेको एकजना गाविस सचिवले उपल्बध गराएको बैक स्टेटमेन्टबाट थाहा पाइएको छ ।

Back to top