×

वीरगन्ज ५ साउन वीरगंजका समाजिक अभियन्ता रमेश प्रसाद साह र काठमाडौँका जिग्री पाण्डे प्रतिष्ठानको सहयोगमा एक दृष्टिविहिन परिवारले एक पक्की घर पाएका छन् ।

करिब ६ महिना अगाडी मण्डल परिवारका ६ जना दृष्टिविहिन भएका एकै परिवारले सरकारले दिने सेवा सुविधा बेगर विचल्लीमा अवस्थामा रहेको भन्दै सामाचार आएपछि समाजिक अभियन्ता रमेश प्रसाद साहले ति दृष्टिविहिन परिवारको आश्रयका लागि घर बनाउन पहल थालेका थिए । सोहि पहललाई काठमाडौँका जिग्री पाण्डे प्रतिष्ठानले साथ दिएपछि ६ जना व्यक्ति भएको एक दृष्टिविहिन परिवारले अब टिनको छाप्रोबाट नयाँ पक्की घरमा सरेका छन् । १६ जनाको परिवार भएको मण्डल परिवारमा दाई सम्भु मण्डल, शिव नारायण मण्डल, गिता देवी, भुपेन्द्र मण्डल, जयकला मण्डल गरी ६ जना दृष्टिविहिन छन् । जिग्रि पाण्डे प्रतिष्ठान नेपाल १८ लाख ५१ हजार, अभियन्ता रमेश साहले ७ लाख ७७ हजार, सप्तरी मिस नेपालले २८ हजार रुपैयाँको सहयोगमा घर निर्माण गरिएको छ । घर निर्माणमा सप्तरी युथ नेपालको समेत सहभागिता रहेको थियो ।

घर हस्तनान्तरण समारोहमा प्रजिअ कृषण बहादुर कटुवाल, जिग्री फाउण्डेसन नेपालका विकासलाल पाण्डे, समाजिक अभियन्ता रमेश प्रसाद साह र धुर्मुस सुन्तलि परिवारका सिताराम कटेलले संयुक्त रुपमा घरको साचो हस्तनान्तरण गरेको थियो ।

Back to top