×

वीरगन्ज ३ असार स्थानीय निर्वाचन कार्यक्रमको बिरोधमा राजपाले नवलपरासीको सदरमुकाम परासीमा शनिवार लाठी जुलुस आयोजना गरेको थियो ।

लाठी जुलुसपछि बुद्धचोकमा आयोजित सभालाई सम्बोधन गर्न काठमाण्डौंबाट अध्यक्ष महन्थ ठाकुरसहित शिर्ष नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, ह्दयश त्रिपाठी, जितेन्द्र सोनाललगायतका नेताहरु परासी पुग्नु भएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गरिरहँदा एक्कासी कार्यक्रम स्थल तनावग्रसत बनेको थियो । कार्यक्रम स्थल नजिक रहेको मध्य नेपाल यातायत व्यवसायी समितिमा बसबाट लैजानका लागि एमालेको प्रचारप्रसारका लागि टिसर्टहरु राखिएको थियो । उक्त टिसर्टहरु महन्थ ठाकुरसहितका शिर्ष नेताहरुकै अगाडी जलाइएका थियो ।

केही कार्यकर्ताहरु टिसर्टहरु राखेको भन्दै मध्यनेपाल यातायात समितिमा पुगेर तोडफोड गर्न थालेपछि राजपाका कार्यकर्ता र प्रहरीबीच झडप पछि । प्रहरीले अश्रृग्याँस र रबरको गोली प्रहार गरेको थियो । तनाव भएपछि अध्यक्ष ठाकुरले बीचमै सम्बोधन छाड्नु भएको थियो । अश्रुग्यांस प्रहार हुन थालेपछि ठाकुरसँगै राजेन्द्र महतो नजिकै रहेका होटलहरुमा लुक्न पुग्नु भएको थियो । नेता ह्रदयश त्रिपाठीले कार्यकर्तालाई संयम हुन आग्रह गर्नुभएको थियो । तर स्थिति उग्र हुन थालेपछि प्रहरीले रबरका गोली र अश्रृग्याँस प्रहार गरेको थियो । रबरको गोली लागेर तिन जना घाईते भएका छन् । घाईते रामेश्वर साह र नरसिंह चौधरीकाे अवस्था गम्भीर रहेकाे नेता जितेन्द्र साेनलले बताएका छन ।

Back to top