×

वीरगञ्ज । महोत्तरीको मटिहानीमा बुधवार भीषण आगलागी भएको छ ।

मटिहानी नगरपालिका -६ जर्लाहावागाछी गाउँमा भएको भीषण आगलागीमा सय भन्दा बढी फुसका घर जलेका छन् ।

आगलागीबाट करिब सय भन्दा बढी घर जलेको र आगो निभाउने प्रयास भइरहेको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले बताए ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानले पनि त्यहाँ सय भन्दा बढी घरमा आगलागी भएको पुष्टि गरे । उनका अनुसार ९ वटा दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् ।

‘चौतर्फ हावा चलेका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास जारी छ,’ उनले भने । आगलागीको कारण भने खुल्न सकेको छैन ।

Back to top