×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ९ लाख ९० हजार बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट बैशाख १० गते खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ कृषी अनुसन्धान केन्द्रस्थित सडकखण्डबाट भन्सार छलीका सामग्री बरामद गरेको हो ।

२ लाख १२ हजार मूल्य बराबरको ६६ डिबा औषधी बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । त्यस्तै वडा प्रहरी कार्यालय विर्ताले पनि अवैध रुपमा ल्याइएका सामग्री बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट २९० पिस कुर्ता सुरवाल, १९६ पिस टपस, ११० पिस टिर्सट, २८० किलोग्राम चिनी, ६० पिस मोबाईलका डिस्पले, २ बण्डल पाईप, १ सय मीटर पाइन्ट थान कपडा, २१० मिटर सर्ट कपडा बरामद गरिएको थापाले बताए । उनकाअनुसार बरामद सामग्रीलाई ६ लाख ६८ हजार १८० रुपैयाँ मूल्यांकन गरिएको छ ।

त्यस्तै प्रहरी चौकी सिर्सियाले १ लाख १० हजार मूल्य बराबरको भन्सार छलीका कपडा बरामद गरेको छ । डिएसपी थापाकाअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौ सडकखण्डबाट ४ थान पाइन्ट, ४ थान सर्ट, १ बोरा प्याज, १४ पिस कुर्ता सुरवाल बरामद गरिएको हो ।

बरामद सामग्रीलाई थप कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी थापाले बताए । 
 

Back to top