×

वीरगञ्ज । वीरगञ्जको बहुअरीस्थित एकीकृत जाँच चौकी (आइसीपी) मा सवारी दुर्घटना भएको छ ।

ग्याँस लोड रहेको युपी १७ ए टी २६२८ नम्बरको भारतीय कन्टेनर ट्रक दुर्घटना भएको हो । 

भारतबाट वीरगञ्ज हुँदै परवानीपुर तर्फ जाँदै गरेको अवस्थामा बहुअरी चोकमा ट्याङ्कर दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ ।

ट्रकका चालकले अत्यधिक रूपमा मादक पदार्थ सेवन (मापसे) गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) भास्कर खतिवडाले जानकारी दिए । 

उनकाअनुसार कन्टेनरमा ग्याँस लोड भए पनि दुर्घटनामा कुनै क्षति भएको छैन । 

सुरक्षाका लागि दुर्घटना स्थलमा डोरी बाँधेर राखिएको इन्स्पेक्टर खतिवडाले बताए । कन्टेनरका चालकलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । 

Back to top