×

वीरगञ्ज । निजी स्वास्थ्य संस्थामा पूर्णकालीन काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले बिदा स्वीकृत गराएर वा नगराएर कर्मचारी तथा स्वास्थ्यकर्मी निजी स्वास्थ्य संस्था तथा विदेशी संस्थामा पूर्णकालीन रुपमा कार्यरत रहेको गुनासो आएपछि निगरानी बढाइएको हो ।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीद्धारा जारी अपीलमा यसरी बिदा स्वीकृत गरेर वा नगरेर पूर्णकालीन काम गर्नु प्रचलित कानून र विधिको प्रतिकूल हुने भन्दै यसबाट पर्न जाने असरप्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने समेत चेतावनी दिइएको छ ।

‘प्रचलित कानून र विधिको प्रतिकूल हुनेसम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलाई संयमित तथा कानूनसम्मत क्रियाकलाप गरिदिनुहुन मन्त्रालय हार्दिक अनुरोध छ,’ अपीलमा भनिएको छ ।
 

Back to top