×

वीरगञ्ज । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेलीरहेका छन् । 

यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गरीरहेको छ । 

पहिलो बलमै नेपालले पहिलो विकेट पनि गुमाएको छ । कुशल भुर्तेल पहिलो बलमै आउट भएका हुन् । 

नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन् ।

Back to top