×

फाइल तस्बिर ।

वीरगञ्ज । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले चौथो विकेट गुमाएको छ। 

साउदी अरेबियाले दिएको  ७४ रनको चुनौती पछ्याउने क्रममा दीपेन्द्रसिंह ऐरी १७ रन बनाएर आउट भएका हुन् । यसअघि  कुशल भुर्तेल शून्यमा, आशिफ शेख २ रन र कुशल मल्ल २ रन बनाएर आउट भए। 

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको हो।

साउदी अरेबियाका अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए पनि अरूले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन्।

वर्षाका कारण पिच भिजेकाले खेल सुरु हुन ढिला हुँदा २० ओभरको खेल ८ ओभरमा छोट्टयाइएको हो।

नेपालका करण केसी र अविनाश बोहोराले समान २/२, ललितनारायण राजवंशी र प्रतिस जिसीले समान १/१ विकेट लिए । यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपाल आज आफ्नो अपराजित यात्रा कायम राख्ने दाउमा छ।

Back to top