×

बिरगंज १९ जेष्ठ राष्ट्रिय जनता पार्टी नेपालले आज वीरगञ्जमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । वीरगञ्जको होटल कुमु प्यालेसमा आज बिहान महानगरस्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । पार्टीका नगर अध्यक्ष ओम प्रकाश सर्राफको अध्यक्षतामा आयोजित कार्यक्रममा महानगरका २७ वटै वडाका अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । प्रत्येक वडामा आन्दोलन परिचालन समिति गठन गर्ने पार्टीको रणनीति अनुसार भेलामा पार्टी नगर स्तरीय अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिईएको नगर अध्यक्ष सर्राफले जानकारी दिनुभयो । जेठ २४ गते भित्र महानगरका सबै वडामा आन्दोलन परिचालन समिति गठन गरिसक्ने नगर कमिटिको लक्ष्य रहेको उहाँले बताउनुभयो । भेलामा पार्टीका पर्सा अध्यक्ष मण्डलका संयोजक पुरुषोत्तमलाल झा, अध्यक्ष मण्डलका सदस्य प्रेमबाबु पटेल, मुस्तकिम अन्सारी, सचिव राजेश साह, चन्दन मिश्रा,नगर अध्यक्ष सन्जु छतकुली,नगर उपाध्यक्ष दिपक साह,कोषाध्यक्ष पन्नालाल पटेल,सह९कोषाध्यक्ष बिगु साह लगायतको उपस्थिति रहेको थियो ।

Back to top