×

वीरगञ्ज — पर्सा जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नु स्वागतयोग्य भएको वीरगञ्ज युवा समाजको ठहर छ ।

उचित समयमा उचित निर्णय लिएपनि प्रभावकारी ढंगले निषेधाज्ञाको पालना गर्न र गराउनमा नचुक्न पनि समाजले आज एक विज्ञप्तीमार्फत आग्रह गरेको छ । समाजका अध्यक्ष कमल चौगाईद्वारा हस्ताक्षरित विज्ञप्तीमा यसअघि वीरगञ्जमा संक्रमितको संख्या बढेपछि १ सातासम्मका लागि गरिएको निषेधाज्ञा जनताको आँखामा छारो हाल्ने काम मात्रै भएको समाजले आरोप लगाएको छ ।

फेरी अहिलेको निषेधाज्ञामा पनि पिसिआर परिक्षणले तिब्रता नपाउँदा सर्वसाधारणलाई दुःख दिने मनसाय होकी भन्ने प्रश्न पनि उब्जिएको छ । फलस्वरुप यस्ता किसिमका आशंकालाई गलत साबित गर्दै यथाशिघ्र परिक्षणलाई तिब्रता दिएर समुदायस्तरमा फैलिएको कोरोनाबाट आम नागरिकलाई ढुक्को सास फेर्न सक्ने वातावरणको सृजना गर्न विज्ञप्तीमार्फत माग गरिएको छ ।

समुदायमा संक्रमण फैलिदापनि परिक्षणले तिब्रता नपाउनु अत्यन्तै दुखद विषय भएको हुँदा यसले सरोकारवालाको निष्क्रियता देखाएको समाजका अध्यक्ष चौगाईले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासन, स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाहरुले सक्रिय पहल नचाले युवाहरु सडकमा उत्रिने समाजका सचिब हेमन्त तामांगले चेतावनी दिनुभएको छ ।

Back to top