×

मेक्सीकोमा शक्तिशाली भूकम्प गएको छ ।

मेक्सीकोको दक्षिण पश्चिम इलाकामा ७.० म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्व मापन केन्द्रले जनाएको छ ।

लस अर्गानोस डी स्यान अगस्टिनको पूर्व–उत्तर–पूर्वमा ४ किलोमिटर पर, अका पुल्कोको प्यासिफिक बिच रिसोर्ट सिटीभन्दा लगभग ८ माइल पर आएको हो । गहिराई मापन गर्दा प्रारम्भमा ७.८ माइल गहिराइमा उक्त भूकम्प मापन गरिएको थियो ।

भूकम्पपछि सुनामीको चेतावनीसमेत दिइएको राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनले जानकारी दिएको छ ।

मेक्सिको शहरमा जमिन हल्लिन थालेपछि अलार्म बजेको सुन्न सकिन्छ ।

क्लाउडिया सेइनबाउमले आफ्नो ट्वीटर अकाउन्टमा सुरुवाती रिपोर्टमा खासै ठूलो क्षतीबारे जानकारी नभएको जानकारी दिइन् । यद्यपि, उक्त स्थानमा बिजुली आपूर्ति बन्द भएको उनले बताइन् ।

Back to top