×

भागवत भट्टराई

काठमाडौं,चैत २० सरकारी स्वामित्वअन्तर्गतको नेपाल वायु सेवा निगमले आगामी डेढ वर्षमा आन्तरिक र बाह्‍यतर्फ सबै नयाँ जहाजबाट उडान भर्ने तयारी गरेको छ। निगमका महाप्रवन्धक सुगतरत्न कंशकारका अनुसार अहिले भएको केही पुराना जहाजसमेत बचेर सबै नयाँ जहाजबाट उडान तयारीमा निगम रहेको छ। अहिले अन्‍तराष्ट्रिय उडानमा रहेका तीन जहाजमध्ये एउटा पुरानो र दुईवटा नयाँ जहाज रहेका छन्। त्यस्तै, आन्‍तरिक उडानमा आठवटा रहेका छन्। ०६९ मा नेपाल र चीनबीच गरिएको सम्झौता अनुदानमा दुईवटा र चारवटा ऋणमा विमान लिएपछि थप विमान लिने तयारीमा निगम रहेको छ। ुअब नयाँ जहाजबाट पुराना विस्थापित गर्दै छौँ, अगामी दिनमा पनि सबै पुरानामा भर पर्न नपरोस् भनेर कम्तीमा वर्षको दुईवटा जहाज थप्नुपर्छ,ु मंगलबार आयोजित कार्यक्रममा निगमका महाप्रबन्धक कंशकारले बताए। निगमले थप चीनबाट ६ वटा ट्वीनएटर ल्याउने तयारी गरेको छ। अमेरिकाबाट दुईवटा वाइडबडी ए ३३०(२०० सिरिजका ठूलो विमान निगमले ल्याउँदै छ। झन्‍डै २२ अर्ब रुपैयाँका दुई जहाजमध्ये एउटा जहाज भने आगामी असार महिनाको पहिलो साता काठमाडौंमा ल्याइने तयारी छ। ुढिलामा आगामी जुन १५ सम्म एउटा वाइडवडी जहाज ल्यासक्नेछौँु कंशकारले बताए। त्यस्तै, चीनबाट ल्याउने भनेका ६ वटा ट्वीनएटर पनि एक वर्षमा भित्रमा नेपाल ल्याई पुर्‍याउने तयारीमा निगम रहेको छ। नयाँ जहाज ल्‍याएपछि नेपाल एयरलाइन्सले १७ प्रतिशत बजार हिस्सा अगट्ने निगमको लक्ष्य रहेको छ। अहिले उडानमा नेपाल एयरलाइन्सको हिस्सा १० प्रतिशत रहेको छ। सन् २०१२ सम्म नेपाल वायुसेवा निगमले वार्षिक २ लाख यात्रु बोक्ने गरेकोमा अहिले ४ लाख पुर्‍याएको जनाएको छ। त्यस्तै, ६ वटा ट्वीनएटर किनेपछि आन्तरिक उडानमा समेत प्रतिस्पर्धा बढाइने निगमले जनाएको छ। निगमले विमानसँगै पाइलट बढाउनको लागिसमेत काम गरिरहेको महाप्रन्धक कंशकारले बताए। निगमले एक वर्षभित्र निगममा आठजना पाइलट, ६ जना विज्ञ तथा १० जना सहपाइलट पुर्‍याउने तयारीमा रहेको छ। पाइलट बढाउनको लागि स्वेशी तथा विदेशीबाट दरखास्त लिने कंशकारले बताए।

Back to top