×

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ७ लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । 

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रेल्वेरोडस्ठित तिन तले घरबाट ५ लाख ८२ हजार २ सय रुपैयाँ बराबरको सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए । 

सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहकाअनुसार सशस्त्र प्रहरीसँगै वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको टोलीले घरमा भण्डारण गरेर राखिएको सामग्री बरामद गरेको हो । 

४०४ किलोग्राम सुपारी, १३० किलोग्राम जट्टामसी, ८६ पिस साडी लगायतका सामग्री बरामद गरिएको हो । 

त्यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाटै खटिएको टोलीले २ लाख ६१ हजार ४६० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरिएको हो । 

भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कपडा तथा किराना सामान बरामद गरिएको सिंहले बताए । उनकाअनुसार बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Back to top