×

वीरगज ३ माघ नेपाल–भारत सिमानामा पिलर निर्माण र मरम्मतका क्रममा नेपाली सीमा मिचिएको भन्दै वीरगंजको छपकैया टोलमा विवाद शुरु भएको समाचार प्राप्त भएको छ । सो क्षेत्रमा ४०/५० बिघा जमिन भारतमा गएको भन्दै अवरोध गरेपछि विवाद शुरु भएको छ ।

मुख्य पिलर ३९२ अन्तर्गत सहायक पिलर निर्माण गर्ने क्रममा विवाद उत्पन्न भएको हो । स्थानीयका अनुसार पिलर नं ३९२ को ६, ७, ८ र २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा नेपालको भूभाग मिचिएको छ । बाबुबाजेको पालादेखि खेती गर्दै अािहलेसम्म खरिद बिक्री गर्दै आएको जग्गा आज कसरी भारतीय भूभाग भयो, अब नेपाल सरकारले छिनोफानो नगरेसम्म पिलर बन्न नदिने छपकैया टोलवासी बताउँछन् । जग्गामा पिलर गाडन खाल्डो खनेको जानकारी पाएपछि विरोध गरेको उनीहरूले बताएका छन् ।

नेपाल–भारत संयुक्त टोलीले विगत २ वर्षदेखि पर्सामा काम गर्दै आएको छ । ठोरीबाट शुरु भएको काम वर्षा याममा रोकिएको तथा मङ्सिरदेखि पुनः शुरु भएको थियो । संयुक्त टोलीमा नेपाल–भारतका नापी विभागका कर्मचारी तथा भारतीय सीमा सुरक्षा बल तथा सशस्त्र प्रहरीको निगरानीमा सीमा स्तम्भ निर्माण तथा मरम्मत कार्य भइरहेको छ । दुवै देशका सुरक्षाकर्मीहरूले हराएको पिलर जिपीएस प्रणालीबाट पत्ता लगाई काम शुरु गरेको बताएका छन् ।

Back to top