×

वीरगञ्ज, ४ मंसिर ।  वीरगञ्ज कारागारका ३६ जना कैदीबन्दीले पनि मतदान गरेका छन् । कारागार परिसरमै स्थापित अस्थायी मतदान केन्द्रबाट ३६ जना पुरुष मतदाताले मतदान गरेका हुन् ।

३७ जना कैदीबन्दीले मतदाता नामावलीमा नाम लेखाएपनि १ जना कैद भुक्तान गरेर रिहा भएपछि ३६ जनाले मतदान गरेको मतदान अधिकृत सुमित कुमार सिंहले जानकारी दिए ।

जिल्ला हुलाक कार्यालय पर्सास्थित अस्थायी मतदान केन्द्रबाट पनि ३४ जनाले मतदान गरेका छन् । कर्मचारीहरुको लागि मध्यनजर गर्दै स्थापना गरिएको अस्थायी मतदान केन्द्रबाट ८ सय ६३ जना मतदाताले नाम दर्ता गराएपनि ३४ जनाले मात्रै मतदान गरेको  मतदान अधिकृत रजनी कुमारीले जानकारी दिइन् । उनका अनुसरा त्याहाँबाट निजामती कर्मचारी, म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीहरुले मतदान गरेका छन् ।

Back to top