×

वीरगंज, पुष १९ - कोशिश फाउन्डेसन नेपालले आज एक कार्यक्रम विच वीरगंज सहित मानव सेवा आश्रमलाई ११ थान कुर्शी हस्तातरण गरेको छ ।

मानवसेवा आश्रमको परिसरमा आज आयोजित एक कार्यक्रम विच कोशिश फाउन्डेसनका संस्थापन सदस्य मदन गुप्ताले फाउन्डेसनको तर्फाबाट आश्रमको कार्यहरुमा सरलताका लागि ११ थान कुर्सि हस्तान्तरण गर्नु भएको हो । त्यसगरी मुक्तिनाथ विकास बैंक वीरगंज साखाले आज आफ्नो १२रौँ वार्षिक उत्सवको अवसरमा आश्रमलाई २५ थान ज्याकेट र १० थान मच्च्छर झुल हस्तान्तरण गरेको छ ।

आश्रममा अभिभावक संघका अध्यक्ष प्राध्यापक डा. दिपक साक्याको अध्यक्षता, वीरगंज महानगरपालिकाकी उप- नगर प्रमुख (उप-मेयर) शान्ति कार्कीको प्रमुख आतिथ्य एवम् वरिष्ठ समाजसेवी पशुपति विक्रम साह, उषा साह, मुक्तिनाथ विकास बैंकका शाखा प्रबन्धक हरि कृष्ण पौडेल, मिनाक्षी गुप्ता, प्रकाश थारु, प्रेम झा लगायात अन्यको उपस्तिथीमा आजको कार्यक्रम सम्पन्न भएको आश्रमका सह-संचालक देवेश गुप्ताले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कोशिश फाउन्डेसनका संस्थापक सदस्य मदन गुप्ताले मानावको सेवा जस्तो ठुलो धर्म अरु कुनै नरहेको बताएका थिए । उनले भने, 'हाम्रो सानो-सानो सहयोगले एउटा उत्कृष्ट समाजको निर्माण हुनसक्छ त्यसैले हामि सबै मिलेर समस्या रहित सामाजको निर्माण गर्नु पर्छ र सबैको सहकार्यले यो सम्भव पनि छ ।'

कोशिश फाउन्डेसनले पछिलो दिनहरुमा पर्सा जिल्लाका विभिन्न स्थानहरुमा असहाय, अक्षम र बेघर व्यक्तिहरु न्यानो कपडा वितरण कार्यक्रम मार्फत ब्ल्याङ्केट समेत वितरण गरेको छ ।

Back to top