भारतीय सङ्गीत क्षेत्रका चर्चित प्लेब्याक सिंगर (पार्श्व गायक) सान साङ्गीतिक प्रस्तुति दिन नेपाल आउने भएका छन्।
आगामी भदौ ६ गते उनले नेपालकै सबैभन्दा ठुलो इन्डोर इभेन्ट भेन्यु 'क्लब नोभा'मा साङ्गीतिक प्रस्तुति दिने भएका हुन् । कार्यक्रममा आफ्ना सुमधुर गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिनेछन्।
९० को दशकदेखि लिएर वर्तमान युवा पुस्तामाझ निकै लोकप्रिय रहेका गायक सानलाई साङ्गीतिक कार्यक्रमको आयोजना तथा व्यवस्थापन ‘नेपाली टच’ गर्न लागेको हो ।
कार्यक्रममा सानले आफ्ना सर्वाधिक रुचाइएका गीतहरू ‘मुसुमुसु हाँसिदेऊ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’ लगायतका एक दर्जन बढी गीतहरू पस्किनेछन्।