×

वीरगञ्ज । जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन्।

मंगलवार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। 

सरकारले बाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले उनीहरु खुशी भएको पनि सांसद ठाकुरको जिकिर थियो।

सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको बुझाइ थियो।

Back to top