×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार भारतको नयाँ दिल्ली पुगेका छन्।

लामिछाने दिल्ली पुग्दा भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले विमानस्थलमा स्वागत गरेका थिए।

रास्वपाका सभापति लामिछाने पाँचदिने भ्रमणका क्रममा भारतमा रहने कार्यक्रम रहेको छ। भ्रमणका दौरान उनले विभिन्न उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी राजनीतिक अनुभव आदानप्रदान तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यद्यपि भेटवार्ताको विस्तृत कार्यसूची भने सार्वजनिक गरिएको छैन।

रास्वपाले लामिछानेको नेतृत्वमा भएको यो भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

लामिछाने पाँच दिनपछि नेपाल फर्कने कार्यक्रम रहेको छ।

Back to top