×

फेडरिको भलभर्डेले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ ।

यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोना विरुद्धको अंकदूरी १ मा झारेको छ ।

रियलले २७ खेलबाट ६३ अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ६४ अंक छ ।

अउरेलियम चुवामेनीले खेलको ११औं मिनेटमै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

सेल्टाका बोर्जा इग्लेसिसले २५औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ अग्रसर भइरहेको खेलमा दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा भलभर्डेले गोल गर्दै रियललाई जित दिलाएका हुन् ।

Back to top