×

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले भारत तीन दिने भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा मोदीले फेब्रुअरी १७ देखि १९ सम्म भारतको भ्रमण गर्न लागेका हुन्।

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भ्रमणका क्रममा म्याक्रोँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सहयोगबारे छलफल गर्ने जनाइएको छ। दुई नेताले विस्तृत क्षेत्रमा छलफल गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

द्विपक्षीय छलफलमा होराइजन २०४७ रोडम्यापमा उल्लिखित विषय समावेश हुनेछ। यो भारत र फ्रान्सबिचको २५ वर्षे रणनीतिक खाका हो।

यसअघि गत वर्ष फेब्रुअरीमा प्रधानमन्त्री मोदीले फ्रान्स भ्रमण गरेका थिए।

Back to top